Home Notices Services Contact

नेपाल सरकार

गृहपृष्ठ | हाम्रो बारेमा | कर्मचारीहरुको बिबरण | सुचना तथा समाचार | प्रतिवेदन | कार्यक्रम विवरण | डाउनलोड | सम्पर्क

प्रतिवेदन:

नेपालको मध्यपुर्वको दक्षिणी भागमा भारतीय सीमासंग च्यापिएर रहेको धनुषा जिल्लाको ईतिहास कोट्याउदै जांदा अत्यन्त विस्तारित रहेको पाईन्छ। यस भुभागको धार्मिक, सांस्कृतिक, भौगोलिक, आर्थिक तथा सामाजिक व्यवस्था मानव सभ्यताको हरेक युग र कालबाट प्रभावित भई अनेक आरोहअबरोहबाट परिष्कृत रहेको तथ्य इतिहासले पुष्टि गरि रहेककै छ। अझ त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम संग जानकीको विवाह पश्चात यस क्षेत्रको गरिमा अझ उत्कर्षमा पुगेको पाईन्छ। धनुषा जिल्लाको हालको स्वरुप कोशी देखि गण्डकी र गंगा देखि हिमालय सम्म फैलिएको वृहद मिथिला प्रदेशको युगान्तरमा खुम्चिदै गएको सानो स्वरुप नै हो भन्नु अतिश्योक्ति नहोला। यस जिल्लालाई राम्ररी वुझन विभिन्न युग र कालको इतिहास अध्ययन गर्नु पर्ने भएपनि सामान्य जानकारीको लागि सत्य तथ्य मात्र चर्चा गर्न सकिन्छ।

किंवदन्ती अनुसार पुर्व वैदिक युगमा जनविहीन रहेको यो क्षेत्रको अन्वेषण विदेह माधवले गरेका थिए। मुखमा अग्नी लिई यस वनले ढाकिएको अनकन्टार प्रदेशमा आईपुग्दा उनको मुखमारहेको अग्नि वाहिर आई सम्पूर्ण वनको विनास भए पश्चात यही मानव वसोवास शुरु भएको थियो । त्रेतायुगमा जनकवंशका वाईसौ राजा शिरध्वजले प्रजाहरुलाई अनिकालबाट मुक्ति दिलाउन आफै हलो जोत्न थाल्दा भुमिबाट वालिका जानकी उत्पन्न भईन् जसको कारणबाट यस प्रदेशको गाथा पवित्र र विस्तारित भएको पाईन्छ । सर्वगुण सम्पन्न श्रीजानकीको विवाहका लागि स्वयंवर लिन इच्छुक विभिन्न प्रदेशबाट आएका शक्ति सम्पन्न राजकुमारहरु मध्येबाट शिवधनुषमा तांदो चढाउनेलाई वरको रुपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्याबाट आएका दशरथपुत्र श्रीराम वाहेक कोही उतीर्ण हुन सकेनन् । श्रीरामले सो धनुषमा तांदो चढाउन लाग्दा अत्यधिक वजनको सो धनुष खण्डित हुन पुग्यो । सो धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ र यसैबाट जिल्लाको नाम धनुषा भनी नामाकरण भएको पुष्टि हुन्छ ।


सूचनाहरु :

General Notice

प्रकाशित सूचना

Brief description or summary of the notice here.

Restricted Notice

आदेश मुलक सूचना

Brief description or summary of the notice here.

Preventive Notice

जानकारी मुलक सूचना

उपचार सेवा लिन


कार्यालय प्रमुख

कार्यालय प्रमुख

डा.संजिव कुमार ठाकुर
मोबाइल नं : ९८५४०२६०२१
Mobile: 9854026021


सूचना अधिकारी

सूचना अधिकारी

डा. रंजित कुमार अधिकारी
मोबाइल नं : ९८५४०५२१२७
Moblile: 9854052127